Nepal's Trusted Health Online Portal

२४ घण्टामा थपिए ८२१ कोरोना संक्रमित

Get real time updates directly on you device, subscribe now.

२९ मंसिर, काठमाडौँ । सोमबार नेपालमा ८ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४२३ नमुना परीक्षण गरिएकोमा ३१७ जना महिला र ५०४ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । जसमध्ये ३ सय ३३ जना काठमाडौँ उपत्यकाका छन् ।

पछिल्लो २४ घण्टामा ८ सय ४२ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै १८ जनाकोे कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अब देशभरी सक्रिय संक्रमितको संख्या १० हजार ९५५ रहेको छ ।

नेपालमा हालसम्म २ लाख ४९ हजार २ सय ४४ जना कोरोना भाइरसबाट संक्रमित बनेको सरकारी तथ्याङ्क छ । जसमध्ये २ लाख ३६ हजार ५ सय ७३ जना अर्थात ९४.९ प्रतिशत संक्रमण मुक्त भएका छन् भने १ हजार ७ सय १६ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.