२५ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ५ हजार १५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा १२ हजार ६५ आरटी पीसीआर विधी र ५ हजार ६११ एन्टिजेन परीक्षण गरिएकोमा ५ हजार १५३ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणको केस ६ लाख ११ हजार ३०८ पुगेको छ । जसमध्ये ३८.९६ प्रतिशत महिला र ६१.०४ प्रतिशत पुरुष रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५७० जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ । संक्रमितमध्ये ८४.७ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।
गत २४ घण्टाभित्र देशभर १०८ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ९८ पुगेकोे छ ।