२८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी ३ हजार ७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ९ हजार ५९८ आरटी पीसीआर विधी र ५ हजार ५८४ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ७५० जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणको केस ६ लाख २३ हजार १५१ पुगेको छ । जसमध्ये ३९.०३ प्रतिशत महिला र ६०.९७ प्रतिशत पुरुष रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ । संक्रमितमध्ये ८६.२ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।
गत २४ घण्टाभित्र देशभर ६७ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ३०५ पुगेकोे छ ।