१२ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अन्य दिनको तुलनामा कोरोना संक्रमितको संख्या घटेको छ ।
नयाँ संक्रमितसँगै अब देशभर १ लाख १७ हजार ७७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अब नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख ३५ हजार ५२५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १९ हजार ३० पीसीआर विधी र ३२२ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ७१४ जनालाई कोरोना पोजिटिभ देखिएको हो ।
गत २४ घण्टाभित्र देशभर १४५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ८४५ पुगेकोे छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख ११ हजार ६०३ अर्थात ७६.९ प्रतिशत संक्रमणमुक्त भएका छन् ।