Nepal's Trusted Health Online Portal

२ हजार ४७४ कोरोना संक्रमित थपिए, २ हजार ५१८ निको भए

Get real time updates directly on you device, subscribe now.

१० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार ४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ७ हजार २३५ आरटी पीसीआर विधी र ४ हजार ९९७ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४७४ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना पोजिटिभ केशको संख्या ६ लाख ५७ हजार ६८ पुगेको छ । संक्रमितहरुमा ३९.२४ प्रतिशत महिला र ६०.७६ प्रतिशत पुरुष रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५१८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ७० हजार ९५८ पुगेको छ । संक्रमितमध्ये ९०.७ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।

गत २४ घण्टाभित्र देशभर २४ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ९१८ पुगेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.