Nepal's Trusted Health Online Portal

थप २ हजार २९९ जना कोरोना संक्रमित थपिए, ३ हजार ४५१ निको भए

Get real time updates directly on you device, subscribe now.

१८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ६ हजार ५६६ आरटी पीसीआर विधी र ४ हजार ३० एन्टिजेन परीक्षण गरिएकोमा २ हजार २९९ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना पोजिटिभ केशको संख्या ६ लाख ७८ हजार ८०८ पुगेको छ । संक्रमितहरुमा ३९.३५ प्रतिशत महिला र ६०.६५ प्रतिशत पुरुष रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३ हजार ६०० पुगेको छ । संक्रमितमध्ये ९४ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।

गत २४ घण्टाभित्र देशभर ३४ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार १७९ पुगेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.