९ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख ३३ हजार २६० पुगेको छ ।
गत २४ घण्टामा १० हजार ६२५ आरटी पीसीआर विधी र ४ हजार २८५ एन्टिजेन गरी जम्मा १४ हजार ९१० नमुना परीक्षण गरिएकोमा ३ हजार ११४ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका संक्रमितहरुमध्ये ३९.६२ प्रतिशत महिला र ६०.३८ प्रतिशत पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ६९५ पुगेकोे छ ।
त्यस्तै २ हजार १९७ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ६ लाख ४१ हजार ५६५ छ । संक्रमितमध्ये ९४.५ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।