१७ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ६ हजार ४०० आरटी पीसीआर विधी र १ हजार ४३६ एन्टिजेन परीक्षण गरिएकोमा आरटी पीसीआर विधीबाट २२३ र एन्टिजेन विधीबाट २३ जना गरी जम्मा २४६ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा ६ हजार ९२१ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन ।
नेपालमा हालसम्म कोरोना पोजिटिभ केशको संख्या ९ लाख १७ हजार ७४१ (आरटी पीसीआर र एन्टिजेन दुवै विधीबाट) जसमध्ये हालसम्म ८ लाख ३ हजार ७१६ संक्रमण मुक्त भएका छन् । संक्रमितमध्ये ९७.७ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।
नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ११ हजार ५३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।