२८ पौष, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ३६ हजार ९६९ पुगेको छ ।
गत २४ घण्टामा ९ हजार ५१ आरटी पीसीआर विधी र ३ हजार ९८५ एन्टिजेन गरी जम्मा १३ हजार ३६ नमुना परीक्षण गरिएकोमा ३ हजार ७५ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६०९ पुगेकोे छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ८ लाख १५ हजार ७६ छ । संक्रमितमध्ये ९७.२ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । बुधबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० जना पुगेको छ ।