Nepal's Trusted Health Online Portal

थप ५६८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ३ हजार ५३४ पुगे

Get real time updates directly on you device, subscribe now.

९ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ५३४ नमुना परीक्षण गर्दा ५६८ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ८४ आरटी पीसीआर गर्दा ४५३ र १ हजार ७१६ एन्टिजेन विधीबाट परीक्षण गर्दा ११५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ९५ जना भने संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट ९ लाख ८४ हजार ७५ र एन्टिजेन विधीबाट १ लाख ४१ हजार ६०७ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६८ हजार ५८४ केस संक्रमणमुक्त भएको छ ।

पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५७ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.४ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

अब देशभर ३ हजार ५३४ कोरोना भाइरसका सक्रिय संक्रमित पुगेका छन् ।

 

 

(स्वास्थ्यसम्बन्धी सूचना तथा समाचार  swasthyapost@gmail.com मा पठाउनुहोस्)

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.