Nepal's Trusted Health Online Portal

थप ७,९१४ जनामा कोरोना संक्रमण पुष्टि, ७,६६४ संक्रमणमुक्त भए

Get real time updates directly on you device, subscribe now.

९ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ७ हजार ९१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितसँगै अब देशभर १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका २ हजार ८२१ जना रहेका छन् । अब नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख १३ हजार २४१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १८ हजार ९६५ पीसीआर विधीबाट परीक्षण गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन परीक्षण गरिएकोमा ३१६ गरी जम्मा ७ हजार ९१४ जनालाई कोरोना पोजिटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार संक्रमितहरु ७ हजार ३४९ संस्थागत आइसोलेसन तथा १ लाख ८ हजार १९८ जना होम आइसोलेसनमा रहेका छन् ।

आज संक्रमितमध्ये १ हजार २३७ आइसियूमा र ४८४ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
त्यस्तै देशभरी ८७३ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

गत २४ घण्टाभित्र देशभर १९३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ३४६ पुगेकोे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमितमध्ये ३ लाख ९१ हजार ३४८ अर्थात ७६.३ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.