Nepal's Trusted Health Online Portal

२४ घण्टामा १४५ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ५ हजार नाघ्यो

Get real time updates directly on you device, subscribe now.

२ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ६ हजार ६४८ जना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म ४ लाख ५५ हजार २० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ३ लाख ३९ हजार ७५६ अर्थात ७४.७ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.