Nepal's Trusted Health Online Portal

पाँचथरको फालेजुङ विष्फोटन: घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

मृतकका परिवारलाई ५ लाख दिइने

Get real time updates directly on you device, subscribe now.

२६ भदौ, काठमाडौँ । पाँचथरको फालेजुङ गाउँपालिका ५ डाँडागाउँमा ग्रिनेड विष्फोटमा परी ज्यान गुमाएका परिवारलाई ५ लाख राहत दिने निर्णय सरकारले गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

दुर्घटनामा पाँचथर फालेजुङ गाउँपालिका ५ मा भदौ मा भएको विष्फोटनमा परी साढे २ वर्षिया प्रिन्सा र ११ वर्षका दिप्सन सावाँको मृत्यु भएको थियो ।

विष्फोटनमा घाइते दुई बालकको उपचारका लागि लाग्ने खर्च सरकारले बेहोर्ने निर्णय गरेको समेत मन्त्री पौडेलले जानकारी दिए ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा घाइते १० वर्षका पवन राई र ७ वर्षका दिप्सन राईको उपचार भैरहेको छ ।

केही दिन अघि मन्त्री पौडेलले अस्पतालमा गएर उपचाररत बालकहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिंदै उपचारमा सरकारले सघाउने प्रतिबद्धता परिवारसमक्ष जनाएका थिए ।

त्यसलगत्तै बसेको मन्त्रिपरिषद बैठकले मृतकलाई राहत र घाइतेका लागि उपचारको निर्णय गरेको हो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.