१२ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ६४५ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ६ हजार ७१६ जना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म ५ लाख ३५ हजार ५२५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ४ लाख ११ हजार ६०३ अर्थात ७६.९ प्रतिशत भने संक्रमणमुक्त भएका छन् ।