Nepal's Trusted Health Online Portal

फ्रान्सबाट आएकी १९ बर्षीय नेपाली युवतीमा कोरोना भाइरस पुष्टी

Get real time updates directly on you device, subscribe now.

काठमाडौं- फ्रान्सबाट काठमाडौं आएकी एक नेपाली युवतीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएकी ति युवतीमा कोरोना संक्रमण पाइएको जानकारी दिएका छन् । यही चैत ४ गते ति युवती फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् ।

नेपाल आएर होम क्वारेन्टाइनमै बसेकी उनको रुघाखोकी लागेपछि स्वाब परिक्षण गरिएको थियो । आइतबार आएको स्वाब परिक्षणको रिपोर्टमा कोभिड-१९ देखिएको हो । नाम गोप्य राखिएकी उनी विद्यार्थी हुन् । अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा राखिएकी उनको परिवार सहित सम्पर्कमा आएका सबैलाई होम क्वारेन्टाइनमा राखिएको मन्त्री ढकालले बताएका छन् । साथै उनको परिवार तथा उनी होम क्वारेन्टाइनमा रहँदा सम्पर्कमा आएका व्यक्तिहरुलाई परिक्षण गर्ने र आइसोलेसनमा राख्ने व्यवस्था मिलाइको पनि मन्त्री ढकालले जानकारी दिए ।

उनी संग सम्पर्कमा आएका सबै व्यक्तिहरुको खोजी गर्ने र युवती नेपाल आउँदा विमानमा रहेका अन्य यात्रीहरुको ट्रयाक गरी सबैलाई परिक्षणको दायरामा ल्याउने मन्त्री ढकालले बताए । साथै कोभिड १९ पोजिटिभ देखिएका सबैको उपचारको जिम्मा सरकारले लिने पनि ढकालले दोहो¥याए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.