२० माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र १ हजार ५०९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २४९, ललितपुरमा १८३ र भक्तपुरमा ७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
अब उपत्यकामा सक्रिय संक्रमितको संख्या ३५ हजार ७४८ रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा २१ हजार ७३६, ललितपुरमा ९ हजार ३६० र भक्तपुरमा ४ हजार ६५२ छन् ।
पछिल्लो २४ घण्टामा देशभरी ३ हजार १७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ हजार ७२३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म संक्रमितमध्ये ८ लाख ८७ हजार ४४३ अर्थात ९२.२ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ११ हजार ७७८ जनाको मृत्यु भइसकेकोे छ ।