Nepal's Trusted Health Online Portal

बढ्दो आत्महत्या प्रति स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण

Get real time updates directly on you device, subscribe now.

२३ असार, काठमाडौं । नेपालमा आत्महत्या गर्नेको संख्या दिनदिनै बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । फेसबुक लाइभ गरेर आत्महत्या गरिएका खबर आइरहँदा स्वास्थ्य मन्त्रालयले आत्महत्या गर्न प्रेरित गर्ने खालका कार्य नगर्न आव्हान गरेको हो ।

विश्वमा हरेक ४० सेकेन्डमा एक व्यक्तिको आत्महत्या हुने गरेको छ । नेपालमा पछिल्लो ३ महिनामा आत्महत्या गर्नेको संख्या बढ्दै गइरहेको भन्दै मन्त्रालयले चिन्ता व्यक्त गरेको हो ।

पछिल्लो एक हप्तामा २ जना महिलाले आत्महत्या गर्दा फेसबुकमा लाइभ गरेको प्रति स्वास्थ्य मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो । आत्महत्याका यस्ता भिडियोले आत्महत्यालाई अझ बढी प्रेरित गर्ने र बालबालिकाको दिमागमा नकारात्मक असर पर्ने भन्दै त्यस्ता भिडियो कसैले पनि सेयर नगर्न पनि मन्त्रालयले आव्हान गरेको छ ।

त्यस्तै यदि यस्ता भिडियो लाइभ गरेको देखिएमा फेसबुकलाई तत्काल रिपोर्ट गरिदिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

‘समस्यामा तपाई एक्लै हुनुहुन्न, अन्य धेरै मानिसहरुले पनि तपाईले अहिले भोग्नुभइरहेको अवस्था पार गरेका छन् र उनीहरु आज जिवीत नै छन्’, मन्त्रालयले भनेको छ ‘आत्महत्याका बारेमा कुरा गर्नु ठिक हो, यसले तपाईलाई राम्रो महशुस गर्न सघाउ पुर्‍याउँछ । आत्महानी, आत्महत्याको सोच वा योजना, गम्भिर भावनात्मक संकट, तनाव, आत्मिय व्यक्तिको मृत्युबाट, जागीर गुमाउँदा, कोरोनाको कारण जनजिविकामा समस्या भई तनाव बढ्दा, सम्बन्ध विच्छेद् वा हिंसा तथा दुरुपयोगको अनुभवको लक्षण चिन्ह हो ।’

‘तपाई यसका लागि दोषी हैन र यो जो कोहीलाई पनि हुन सक्छ र भइरहेको पनि छ । तपाई ठिक हुन सक्नुहुन्छ तपाईलाई सहयोग गर्न सक्ने मान्छेहरु छन्, तपाई हामीले मिलेर नै समस्याको समाधान गर्ने हो, परिवारको विश्वासिलो सदस्य, साथी वा सहकर्मी सगँ आफुले महशुस गरेको कुरा भन्नुहोस् र सल्लाह गर्नुहोस् यसबाट तपाईले समस्याबाट मुक्ति पाउन सक्नुहुन्छ’ स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.