काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । मुटुमा सामान्य समस्या उत्पन्न भएपछि ओलीलाई गएराति अस्पताल भर्ना गरिएको हो ।
गत फागुन २१ गते मृगौला प्रत्यारोपण गरिएका ओली केही दिन अघिबाट सक्रिय हुन खोजेपनि लकडाउन पश्चात भेटघाट बन्द गरेर घरमै आराम गरिरहेका थिए ।
बिहीबार राति मुटुमा केही असहजता महसुस भएपछि प्रधानमन्त्रीलाई राति नै महाराजगंजस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।
अहिले ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले बताएको छ । अवस्था हेरेर आजै साँझ सम्म डिस्चार्ज हुन सक्ने अस्पतालका चिकित्सकले जानकारी दिएका छन् ।