५ पुस, काठमाडौँ । नेपालमा एक जनामा ‘मंकीपक्स’ भाइरसको संक्रमण पुष्टि भएको छ । साउदी अरेबियाबाट नेपाल आएका एक पुरुषमा मंकीपक्सको संक्रमण देखिएको हो ।
बिहीबार साउदी अरेबियाबाट नेपाल आएका ३६ वर्षीय पुरुषलाई मंकीपक्स भाइरसको संक्रमण भएको हो ।
विमानस्थलबाट सिधै ग्राण्डी इन्टरनेशनल अस्पताल गएका उनलाई टेकु अस्पताल रिफर गरिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्याम्पल परीक्षण गरिएकोमा मंकीपक्स संक्रमण देखिएको हो ।
उनलाई साउदीमा नै लक्षण देखिएको थियो ।
Comments are closed, but trackbacks and pingbacks are open.