२३ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ५६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४१०, ललितपुरमा १२४ र भक्तपुरमा ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
अब उपत्यकामा सक्रिय संक्रमितको संख्या २१ हजार ८७९ रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा ९ हजार ८५८, ललितपुरमा ८ हजार ८६१ र भक्तपुरमा ३ हजार १६० छन् ।
पछिल्लो २४ घण्टामा देशभरी १ हजार ३८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ हजार ७०४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म संक्रमितमध्ये ९ लाख ९ हजार ३४३ अर्थात ९४.१ प्रतिशत संक्रमणमुक्त भएका छन् भने ११ हजार ८१४ जना अर्थात १.३ प्रतिशतको मृत्यु भइसकेकोे छ ।