Nepal's Trusted Health Online Portal

सिटामोल लगायतका औषधिको अभाव छैनः स्वास्थ्य मन्त्रालय

Get real time updates directly on you device, subscribe now.

५ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिटामोलको अभाव नभएकोे बताएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्त डा.समिरकुमार अधिकारीले सिटामोललगायत अन्य कुनै पनि औषधि अभाव नभएको प्रष्ट पारेका हुन् ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्र्तगत पथलैया स्टोरमा १० लाख सिटामोल भण्डारमा रहेको सहप्रवक्त डा.अधिकारीको भनाइ छ । डा.अधिकारीका अनुसार सरकारी फार्मेसीमा एक करोड भन्दा बढी मात्रामा सिटामोल छ ।

सिटामोललगायत अत्यावश्यक औषधिको विवरण तत्काल अध्यावधिक गर्न सरकारी अस्पताल र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन शाखालाई निर्देशन दिएको डा.अधिकारीको भनाइ छ ।

सरकारी फार्मेसीमा औषधि अभाव हुनसक्ने अवस्था आएमा तत्काल नेशनल औषधि लिमेटेडसँग सम्पर्क गर्न सकिने डा.अधिकारीले बताए । उनका अनुसार स्वास्थ्य सेवा विभागले अत्यावश्यक औषधि खरिदको प्रकृया अगाडि बढाएको छ ।

त्यस्तै ठूला अस्पताल र प्रादेशिक स्वास्थ्य निर्देशनालयलाई समेत सरकारले औषधि खरिद गर्न अनुरोध गरेको उनले बताए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.