Nepal's Trusted Health Online Portal

आइतबार थपिए २१३ जना कोरोना संक्रमित, देशभर संक्रमित संख्या ३ हजार ४ सय ४८ पुग्यो

Get real time updates directly on you device, subscribe now.

२५ जेठ, काठमाडौं । नेपालमा आइतबार नयाँ २ सय १३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा देशभर २१३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार संक्रमित मध्ये अहिलेसम्म ४ सय ६७ जना निको भएर घर फर्किइसकेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.