२० साउन, काठमाडौं । नेपालमा मंगलबार थप २५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । अब नेपालमा ५ हजार ९२५ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
७ हजार ६८७ जनाको कोरोना परीक्षण
विगत २४ घण्टामा ७ हजार ६८७ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण भएको छ । जसमध्ये २५९ जनाको रिपोर्ट पोजिटिभ आएको हो । नेपालमा हालसम्म ४ लाख ६ हजार ५९४ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
१० हजार ४५२ क्वारेन्टिनमा
स्वास्थ्य मन्त्रालयका अनुसार हाल १० हजार ४५२ जना क्वारेन्टिनमा रहेका छन् । देशका विभिन्न भागमा विशेष गरी देश बाहिरबाट आएकाहरुमा संक्रमणको सम्भावना हुने हुँदा अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था छ ।
६५ जना निको भए
पछिल्लो २४ घण्टामा ६५ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । संक्रमितमध्ये अहिलेसम्म १५ हजार २६ जना निको भएर घर फर्किइसकेको प्रवक्ता डा।गौतमले जानकारी दिए । कुल संक्रमितमध्ये ७१.५ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।