२० साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा मंगलबार थप ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मंगलबार मुलुकभरी थपिएका २५९ कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा ६२ जना रहेका छन् ।
उपत्यकाको काठमाडौ जिल्लामा ४८, ललितपुरमा १ र भक्तपुरमा १३ जना गरी ६२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा भक्तपुरका ११ र काठमाडौँका ३८ जना, त्रिवी शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका ५ जना, नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्रयोगशालामा भएको परीक्षणमा भक्तपुरका १ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
त्यस्तै स्टार अस्पताल सानेपाको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका २ र ललितपुरका १ जना, बिआइडिएच ल्याब काठमाडौँको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका ३ जना, नेपाल–कोरिया मैत्री अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा भक्तपुरका १ जना रिपोर्ट पोजिटिभ आएको हो ।
योसँगै उपत्यका भित्र कोरोना संक्रमित ७२७ जना पुगेका छन् । काठमाडौँमा ५४१, ललितपुरमा १०९ र भक्तपुरमा ७७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।