Nepal's Trusted Health Online Portal

थप एक कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ५८ पुग्यो

Get real time updates directly on you device, subscribe now.

२० साउन, काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको ज्यान गएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मोरङ जिल्ला विराटनगर महानगरपालिका–०५ आदर्श टोल निवासी ७७ बर्षीय पुरुषको मृत्यु भएको छ । उनको साउन १९ मृत्यु भएको हो ।

ज्वरो तथा श्वासप्रश्वासमा समस्या भएपछि साउन १९ गते बिहान साढे ९ बजे उनलाई कोशी अस्पताल विराटनगरको आइसोलेसनमा भर्ना गरिएको थियो । उनी पुरानो मधुमेह तथा उच्च रक्तचापको बिरामी थिए ।

योसँगै नेपालमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २१ हजार ९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमितमध्ये १५ हजार २६ (७१.५ प्रतिशत) संक्रमण मुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.