Nepal's Trusted Health Online Portal

बुधबार ३८१ कोरोना संक्रमित थपिए, १३० निको भए

Get real time updates directly on you device, subscribe now.

२१ साउन, काठमाडौं । नेपालमा बुधबार थप ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । अब नेपालमा ६ हजार १ सय ७४ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

६ हजार ३५९ जनाको कोरोना परीक्षण
विगत २४ घण्टामा ६ हजार ३ सय ५९ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण भएको छ । जसमध्ये ३ सय ८१ जनाको रिपोर्ट पोजिटिभ आएको हो । नेपालमा हालसम्म ४ लाख १२ हजार ९ सय ५३ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

९ हजार ९ सय २५ क्वारेन्टिनमा
स्वास्थ्य मन्त्रालयका अनुसार हाल ९ हजार ९ सय २५ जना क्वारेन्टिनमा रहेका छन् । देशका विभिन्न भागमा विशेष गरी देश बाहिरबाट आएकाहरुमा संक्रमणको सम्भावना हुने हुँदा अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था छ ।

१ सय ३० जना निको भए
पछिल्लो २४ घण्टामा १ सय ३० जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । संक्रमितमध्ये अहिलेसम्म १५ हजार १ सय ५६ जना निको भएर घर फर्किइसकेको प्रवक्ता डा.गौतमले जानकारी दिए । कुल संक्रमितमध्ये ७०.८ प्रतिशत संक्रमण मुक्त भएका हुन् । मन्त्रालयका अनुसार बुधबार ७ ओटा जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.