Nepal's Trusted Health Online Portal

काठमाडौँ उपत्यकामा सोमबार ५१ संक्रमित थपिए

Get real time updates directly on you device, subscribe now.

१९ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा सोमबार थप ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

आइतबार मुलुकभरी थपिएका ४१६ कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा ५१ जना रहेका छन् ।
उपत्यकाको काठमाडौ जिल्लामा ४३, ललितपुरमा ३ र भक्तपुरमा ५ जना गरी ५१ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा भक्तपुरका १ र काठमाडौँका ८ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका १७ जना, पाटन अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका ५, ललितपुुरका २ र भक्तपुरका ४ जना, वीर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका २ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

त्यस्तै त्रिवी शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका १ जना, नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका २ जना, स्टार अस्पताल सानेपाको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका ५ र ललितपुरका १ जना, वीरेन्द्र सैनिक अस्पताल छाउनीको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका ३ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

योसँगै उपत्यका भित्र कोरोना संक्रमित ६६५ जना पुगेका छन् । काठमाडौँमा ४९३, ललितपुरमा १०८ र भक्तपुरमा ६४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.