Nepal's Trusted Health Online Portal

सोमबार थप ४ सय १८ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

१९ साउन, काठमाडौं । नेपालमा सोमबार थप ४ सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । अब नेपालमा ५ हजार ७ सय ३२ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा हालसम्म ३ लाख ९८ हजार ९ सय ७ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये अहिलेसम्म १४ हजार ९ सय ६१ जना निको भएर घर फर्किइसकेको प्रवक्ता डा.गौतमले जानकारी दिए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.