२ भदौ, काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । घिमिरेको साँझ ५:५५ बजे लैनचौरमा अवस्थित आफ्नै निवासमा निधन भएको हो ।
वि.सं. १९७६ असोज ७ गते लमजुङ पुस्तन गाउँमा जन्मिएका घिमिरे कविता, खण्डकाव्य, गीतिनाटक, अनुवाद, कथा आदि विधा तथा उपविधाहरुमा कलम चलाएका लोकप्रिय साहित्यकारका रुपमा चिनिन्छन् ।
२०७५ सालमा पेटको समस्याका कारण गम्भीर बिरामी परेका घिमिरेको पछिल्लो समय स्वास्थ्यमा सुधार भएको थियो ।