२ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ७ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय काभ्रेका एक पुरुष, नवलपरासीका एक पुरुष, मोरङका एक पुरुष, धनुषाका एक पुरुष, बाँकेका एक पुरुष र कास्कीका एक पुरुषको मृत्यु भएको छ ।
त्यस्तै तनहुँ जिल्लाकी एक महिलाको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ । नेपालमा मंगलबार एकैदिन १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
हालसम्म १७ हजार ५ सय ८० जना अर्थात ६२.२ प्रतिशत कोरोना संक्रमित निको भएका छन् भने अब नेपालमा १० हजार ५ सय ६३ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।