Nepal's Trusted Health Online Portal

काठमाडौँ उपत्यकामा मंगलबार २०५ जनामा कोरोना पुष्टि

Get real time updates directly on you device, subscribe now.

२ भदौ । काठमाडौँ उपत्यकामा मंगलबार थप २०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा पछिल्ला दिनानुदिन कोरोना संक्रमितको संख्या बढीरहेको छ ।

उपत्यकाको काठमाडौँ जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार मुलुकभरी १ हजार १६ जनाको ठूलो संख्यामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

योसँगै उपत्यकाभित्र कोरोना संक्रमित २ हजार २५९ जना पुगेका छन् । उपत्यकाको काठमाडौँमा १ हजार ७६४, ललितपुरमा ३२४ र भक्तपुरमा १५५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.