२ भदौ, काठमाडौं । नेपालमा मंगलबार एकैदिन १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो नेपालमा कोरोना भाइरसको संक्रमण देखिए यताकै सबै भन्दा बढी हो ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । अब नेपालमा १० हजार ५ सय ६३ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा ८५ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म १७ हजार ५ सय ८० जना अर्थात ६२.२ प्रतिशत निको भएका छन् ।
त्यस्तै विगत २४ घण्टामा १३ हजार ४ सय ६१ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हाल १३ हजार ९ सय २६ जना क्वारेन्टिनमा रहेका छन् ।
मन्त्रालयका अनुुसार मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी ४ वटा जिल्ला संक्रमण मुक्त छन् ।