५ भदौ । काठमाडौँ उपत्यकामा शुक्रबार १८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौँ जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार मुलुकभरी ८३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै उपत्यकाभित्र कोरोना संक्रमित २ हजार ८०० जना पुगेका छन् । उपत्यकाको काठमाडौँमा २ हजार २१४, ललितपुरमा ३८४ र भक्तपुरमा १८६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।