५ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ११ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका गरी ११ जिल्लाका १ जना महिला र १० जना पुरुष गरी ११ जनाको मृत्यु भएको छ ।
नेपालमा शुक्रबार ८ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म १८ हजार २ सय १४ जना कोरोना संक्रमित निको भएका छन् भने अब नेपालमा १२ हजार १ सय ३२ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।