Nepal's Trusted Health Online Portal

थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ३१ हजार १ सय १७

Get real time updates directly on you device, subscribe now.

६ भदौ, काठमाडौं । नेपालमा शनिबार थप ६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १ सय ८२ महिला र ४ सय ५२ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या संख्या ३१ हजार १ सय १७ पुगेको छ । अब नेपालमा १२ हजार ६ सय २१ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ सय ३६ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म १८ हजार ३ सय ५० जना निको भएका छन् । कोभिड १९ बाट निको हुनेको दर ५९% रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

त्यस्तै विगत २४ घण्टामा १२ हजार ५ सय १९ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हाल ११ हजार ६ सय ५८ जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार ७ सय ५ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै ३ हजार ९ सय १६ जना होम आइसोलेसनमा रहेका छन् । १ सय ३५ जना आइसियुमा उपचाररत रहेका छन् भने १२ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

मन्त्रालयका अनुुसार मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौं गरी ६ वटा जिल्लामा संक्रमितको संख्या ५ सय भन्दा माथि रहेको छ भने मुस्ताङ, म्याग्दी र हुम्ला गरी ३ वटा जिल्ला संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ६ वर्षीय बालिकासहित ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोभिड १९ का कारण १ सय ४६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

 

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.