६ भदौ । काठमाडौँ उपत्यकामा शनिबार २१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौँ जिल्लामा ३०२, ललितपुरमा ३१ र भक्तपुरमा ६५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार मुलुकभरी ६३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै उपत्यकाभित्र कोरोना संक्रमित ३ हजार १६ जना पुगेका छन् । उपत्यकाको काठमाडौँमा २ हजार ३९४, ललितपुरमा ३९० र भक्तपुरमा २३६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।