Nepal's Trusted Health Online Portal

नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १४६ पुग्यो

Get real time updates directly on you device, subscribe now.

६ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ वर्षीय बालिकासहित ९ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय सुनसरीमा ६ वर्षीय बालिका र ६७ वर्षीय पुरुष गरी २ जना, पर्सामा ६१ वर्षीय पुरुष, ५८ वर्षीय पुरुष र ४८ वर्षीय पुरुष गरी ३ जना, बारामा ५८ वर्षीय पुरुष, सिराहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुर मा ७३ वर्षीय पुरुष गरी ६ जिल्लाका ९ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोनाबाट जम्मा ०.५% मृत्युदर रहेको प्रवक्ता डा.जागेश्वर गौतमका बताएका छन् । शनिबार ६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

हालसम्म १८ हजार ३ सय ५० जना कोरोना संक्रमित निको भएका छन् भने अब नेपालमा १२ हजार ६ सय २१ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.