Nepal's Trusted Health Online Portal

आइतबार थप ८१८ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

७ भदौ, काठमाडौं । नेपालमा आइतबार थप ८ सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ सय २० महिला र ५ सय ९८ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या संख्या ३१ हजार ९ सय ३५ पुगेको छ । अब नेपालमा १३ हजार १ सय ५५ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा २ सय ८१ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म १८ हजार ६ सय ३१ जना निको भएका छन् । कोभिड १९ बाट निको हुनेको दर ५८% रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

त्यस्तै विगत २४ घण्टामा ८ हजार २६ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हाल ११ हजार ४ सय १४ जना क्वारेन्टिनमा रहेका छन् भने ९ हजार २ सय १२ जना आइसोलेसनमा रहेका छन् ।

३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा रहेका छन् । १ सय ३७ जना आइसियुमा उपचाररत रहेका छन् भने १० जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

मन्त्रालयका अनुुसार मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौं गरी ६ वटा जिल्लामा संक्रमितको संख्या ५ सय भन्दा माथि रहेको छ भने धनकुटा, मुस्ताङ, म्याग्दी र हुम्ला गरी ४ वटा जिल्ला संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोभिड १९ का कारण १ सय ४९ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

 

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.