७ भदौ । काठमाडौँ उपत्यकामा आइतबार १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौँ जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार मुलुकभरी ८१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै उपत्यकाभित्र कोरोना संक्रमित ३ हजार १ सय ८२ जना पुगेका छन् । उपत्यकाको काठमाडौँमा २ हजार ५२०, ललितपुरमा ४०२ र भक्तपुरमा २६४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।