Nepal's Trusted Health Online Portal

नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो

आइतबार ३ जनाको ज्यान गयो

Get real time updates directly on you device, subscribe now.

७ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय झापामा ५८ वर्षीय पुरुष, पर्सामा ५६ वर्षीय महिला र सर्लाहीमा ३३ वर्षीय महिला गरी ३ जिल्लाका ३ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोनाबाट जम्मा ०.४७% मृत्युदर रहेको प्रवक्ता डा.जागेश्वर गौतमका बताएका छन् । आइतबार ८ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

हालसम्म १८ हजार ६ सय ३१ जना कोरोना संक्रमित निको भएका छन् भने अब नेपालमा १३ हजार १ सय ५५ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

 

 

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.