८ भदौ, काठमाडौं । नेपालमा सोमबार थप ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ सय ४६ महिला र ४ सय ९७ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । अब नेपालमा १३ हजार ७ सय १५ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ सय ७५ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म १८ हजार ८ सय ६ जना निको भएका छन् । कोभिड १९ बाट निको हुनेको दर ५८% रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
विगत २४ घण्टामा १० हजार २ सय ३४ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हाल ११ हजार २ सय ७५ जना क्वारेन्टिनमा रहेका छन् भने ९ हजार १ सय ५४ जना आइसोलेसनमा रहेका छन् ।
त्यस्तै ४ हजार ५ सय ६१ जना होम आइसोलेसनमा रहेका छन् । १ सय ३८ जना आइसियुमा उपचाररत रहेका छन् भने १५ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
मन्त्रालयका अनुुसार मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही बारा र काठमाडौं गरी ७ वटा जिल्लामा संक्रमितको संख्या ५ सय भन्दा माथि रहेको छ भने मुस्ताङ र हुम्ला गरी २ वटा जिल्ला संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोभिड १९ का कारण १ सय ५७ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।