Nepal's Trusted Health Online Portal

सोमबार ८ कोरोना संक्रमितको ज्यान गयो, मृतक संख्या १५७

Get real time updates directly on you device, subscribe now.

८ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ८ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय सुनसरीमा ६८ वर्षीय पुरुष, मोरङमा ६५ वर्षीय पुरुष, पर्सामा ७० वर्षीय महिला, काठमाडौँमा ४८ वर्षीय महिला र रुपन्देहीमा ६७ वर्षीय महिला तथा ३८, ५३ र ५४ वर्षीय पुरुषहरु गरी ५ जिल्लाका ८ जनाको मृत्यु भएको छ ।
सोमबार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

हालसम्म १८ हजार ८ सय ६ जना कोरोना संक्रमित निको भएका छन् भने अब नेपालमा १३ हजार ७ सय १५ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.