Nepal's Trusted Health Online Portal

मेडिसिटी अस्पतालले पनि सुरु गर्‍यो कारोनाकाे पिसिआर परीक्षण

Get real time updates directly on you device, subscribe now.

८ भदौ, काठमाडौँ । ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालले कोरोना पिसिआर परीक्षण सेवा शुरु गरेको छ । कारोना संक्रमणको जोखिम बढ्दै गर्दा रियल टाइम पिसिआर टेष्टको आवश्यकता पनि दिनानुदिन बढ्दै गएको महशुश गर्दै परीक्षण सुरु गरिएको अस्पतालले जनाएको छ ।

विश्वमा उत्कृष्ट पिसिआर, जीन एक्सट्राक्टर लगायतका भरपर्दो र सटिक परिणाम दिने उपकरणहरुको माध्यमबाट नेपाल मेडिसिटीले दैनिक करिब ८ सय भन्दा बढिको नमुना लिई रिपोर्ट दिन सक्ने क्षमता रहेको नेपाल मेडिसिटी अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख डा.गोपी अर्यालले बताए ।

मेडिसिटी अस्पतालले केहि महिना अघि देखि नै पिसिआर मेसिन जडान गर्ने प्रयास गरिरहेको थियो । स्वाब संकलन गरिएको २४ घण्टाभित्र नतिजा प्राप्त हुने डा.अर्यालले बताए । ओपिडी मार्फत आउने र भर्ना भएका बिरामीका लागि पिसिआर परीक्षण गर्ने संयन्त्र फरक रहेको पनि उनले जानकारी दिए ।

विदेशी नियोग, वैदेशीक रोजगारीमा जाने नेपाली, बैंक तथा कर्पोरेटहरुलाई मेडिसिटीले सहुलियत शुल्कमा पिसिआर परीक्षण गरिरहेको नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.