८ भदौ । काठमाडौँ उपत्यकामा सोमबार २२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौँ जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार मुलुकभरी ७४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै नेपालमा कोभिड १९ का कारण १ सय ५७ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।