Nepal's Trusted Health Online Portal

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

Get real time updates directly on you device, subscribe now.

९ भदौ । गण्डकी प्रदेश भित्र मंगलबार बिहानसम्म थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशको कास्कीमा ११ र तनहुँमा ६ गरी १७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

निर्देशनालयका क्षयरोग उपचार केन्द्र, पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार बिहान पोखरा महानगरपालिका वडा नं १३ का ३०/३० वर्षीय २ जना पुरुष, वडा नं २८ का ३४ वर्षीय एक पुरुष, वडा नं २९ की ३६ वर्षीय एक महिलामा कोरोना पोजिटिभ देखिएको छ ।

त्यस्तै पोखरा महानगरपालिकाकै वडा नं ४ का २७/२७ वर्षीय दुई पुरुष, वडा नं ५ का ९ र ३२ वर्षीय महिला, वडा नं ७ का २५ वर्षीय एक पुरुष, वडा नं १० की ४० वर्षीय महिला र वडा नं १४ की २५ वर्षीय महिलाको पनि रिपोर्ट पोजिटिभ आएको छ ।

प्रदेशकै तनहुँ जिल्ला भानु नगरपालिका वडा नं १ का ४६ र ६३ वर्षीय दुई पुरुष तथा ४५, ५२, १७ र २५ वर्षीय ४ महिलाको पनि पिसिआर रिपोर्ट पोजिटिभ आएको छ ।

योसँगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ९ सय ८ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । गण्डकीमा हालसम्म १ हजार ६ सय ३९ जना अर्थात ८५.९० प्रतिशत संक्रमित उपचारपछि निको भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.