Nepal's Trusted Health Online Portal

मंगलबार थप ८५५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३३ हजार ५३३

Get real time updates directly on you device, subscribe now.

९ भदौ, काठमाडौं । नेपालमा मंगलबार थप ८ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ सय ७१ महिला र ५ सय ८४ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । विगत २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको हो ।

पछिल्लो २४ घण्टामा ३ सय १३ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म १९ हजार १ सय १९ जना निको भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ५७% रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

हाल १० हजार ४ सय ५३ जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार ५ सय ८१ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै ५ हजार ६ सय ६९ जना होम आइसोलेसनमा रहेका छन् ।

मन्त्रालयका अनुुसार मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही बारा र काठमाडौं गरी ७ वटा जिल्लामा संक्रमितको संख्या ५ सय भन्दा माथि रहेको छ भने मुस्ताङ र हुम्ला गरी २ वटा जिल्ला संक्रमण मुक्त भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.