Nepal's Trusted Health Online Portal

थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ३० हजार ४ सय ८३

Get real time updates directly on you device, subscribe now.

५ भदौ, काठमाडौं । नेपालमा शुक्रबार थप ८ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ सय ९२ महिला र ५ सय ४६ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ । अब नेपालमा १२ हजार १ सय ३२ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा २ सय ५० जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म १८ हजार २ सय १४ जना निको भएका छन् ।

त्यस्तै विगत २४ घण्टामा १३ हजार ५ सय ७९ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हाल १२ हजार २ सय ३४ जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार ५ सय ४६ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै ३ हजार ५ सय ८६ जना होम आइसोलेसनमा रहेका छन् । १ सय ३३ जना आइसियुमा उपचाररत रहेका छन् भने १५ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

मन्त्रालयका अनुुसार मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौं गरी ६ वटा जिल्लामा संक्रमितको संख्या ५ सय भन्दा माथि रहेको छ भने भोजपुर, मुस्ताङ, म्याग्दी र हुम्ला गरी ४ वटा जिल्ला संक्रमण मुक्त भएका छन् ।

नेपालमा हालसम्म कोभिड १९ का कारण १ सय ३७ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.