Nepal's Trusted Health Online Portal

उपत्यकामा बिहीबार २०० जनामा कोरोना पुष्टि

Get real time updates directly on you device, subscribe now.

४ भदौ । काठमाडौँ उपत्यकामा बिहीबार २०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौँ जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार मुलुकभरी ७०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

योसँगै उपत्यकाभित्र कोरोना संक्रमित २ हजार ६१८ जना पुगेका छन् । उपत्यकाको काठमाडौँमा २ हजार ७२, ललितपुरमा ३५९ र भक्तपुरमा १७१ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.