Nepal's Trusted Health Online Portal

थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि

Get real time updates directly on you device, subscribe now.

४ भदौ, काठमाडौं । नेपालमा बिहीबार थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १ सय ९२ महिला र ५ सय १५ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ । अब नेपालमा ११ हजार ५ सय ५५ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा २ सय ६४ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म १७ हजार ९ सय ६४ जना निको भएका छन् ।

त्यस्तै विगत २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हाल ११ हजार ७ सय ६८ जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार ८३ जना आइसोलेसनमा रहेका छन् ।
त्यस्तै ३ हजार ७ सय ७२ जना होम आइसोलेसनमा रहेका छन् । १ सय २९ जना आइसियुमा उपचाररत रहेका छन् ।

मन्त्रालयका अनुुसार मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौं गरी ६ वटा जिल्लामा संक्रमितको संख्या ५ सय भन्दा माथि रहेको छ भने भोजपुर, मनाङ, मुस्ताङ, र हुम्ला गरी ४ वटा जिल्ला संक्रमण मुक्त भएका छन् ।

नेपालमा हालसम्म कोभिड १९ का कारण १ सय २६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । बिहीबार काठमाडौँ उपत्यकामा २०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.