२९ भदौ, काठमाडौँ । कोभिड–१९ को कारण सोमबार थप १५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ जना महिला र १० जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण काठमाडौँकी ६१ वर्षीया एक जना, गोरखाकी ६३ वर्षीया एक जना, नवलपरासीकी ६२ वर्षीया एक जना, पर्साकी ५५ वर्षीया एक जना र कपिलवस्तुकी ४७ वर्षीया एक जना महिलाको मृत्यु भएको छ ।
त्यस्तै मोरङका ४० र ७० वर्षीय दुई पुरुष, ६९ वर्षीय एक पुरुष, काठमाडौँका ६२, ७०, ७३, ७७ र ८५ वर्षीय पाँच पुरुष, ललितपुरका ५५ वर्षीय एक पुरुष, भक्तपुका ७३ वर्षीय एक पुरुष र रामेछापका २३ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६० पुगेको छ । संक्रमितमध्ये ०.६५ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।